सुप्रिमो क.प्रचण्ड दक्षिण एसिया कै खोजि हुने नेता मात्रै होइनन विश्व राजनीतिमा शक्तिशाली कम्युनिस्ट नेता हुन ।
हिन्दु संरचना भित्र विकास भएको राजतन्त्र र राजतन्त्रको अपरिसंरचना विकास भएको सामन्तवादको रक्षागणमा विकास भएको नेपाली उत्पिडित समुदाय र त्यस भित्र विकास भएको प्रजिबि नेतृत्वलाई उत्पिडितहरुको पनि राज्य हुन्छ भने चेत एक्काइसौं सताब्दिको यसअघिका दुई दशक सम्म पनि विश्वास थिएन ।
राज्य कस्को ? महाराजाधिराजको
भुगोल कस्को ? महाराजधिराजको
सरकार कस्को ? महाराजधिराजको
देश कस्को ? महाराजधिराजको
यति मात्रै हैन दिनको सुरुवात र अन्त्य पनि महाराज कै महिमा र स्तुतिसँगै हुन्थ्यो । लाग्थ्यो राजा देवहरुका दुत हुन अरु सबै सेवक ।
दलित ,जनजाति महिला ,मधेसी जनताको सामाजिक र राजनीतिक हैसियत कहाँ थियो ? इतिहास पढ्नै पर्दैन विगत सम्झे काफि हुन्छ । बाग्मतीमा धेरै पानी बगेको छैन । उपल्लो वर्ग र उच्च जातिले मात्रै मुख्यतः दलित समुदायको बिभेदपुर्ण सामाजिक हैसियत निर्धारण गरेको थियो । यस समुदायको सामाजिक र राजनीतिक हैसियत के थियो ? कानुनी र राजनीतिक समाजमा बिधमान उत्पिडनमा कमि हुन्छ भन्ने विश्वास स्वयं उत्पिडित नेतृत्वलाई पनि विश्वास थिएन । उत्पिडित समुदायको आन्दोलनको दिशानै स्पष्ट थिएन । दलित आन्दोलनको हिसाबले भन्ने हो भने सिँहदरबार हिड्नु पर्ने आन्दोलन पशुपति तिर हिडेको इतिहास साँचो छ । मन्दिर प्रवेश दलित आन्दोलनको गौरवको बिषय बन्यो । पुजा , आत्मसम्मानको बिषय त्यहि पशुपति तिर हिडेको आन्दोलनलाई सिहदरबार तिर डोर्याउने काम कस्ले गर्यो ?
मधेसका माटोमा ओइलिएको आन्दोलनलाई सिहदरबार तिर डोर्याउने काम कस्ले गर्यो । महिलाको हातमा बिद्रोहको बन्दुक दिने शाहस कस्ले गर्यो ?
प्रचण्डलाई जँगलबाट सहर ल्यायो भनेर गुण लगाउन खोज्ने परजीवीलाई नेपाली समाजशास्त्रको अध्यायन गर्न म अनुरोध गर्दछु । यति मात्रै होईन दलित , महिला ,जनजाति र मधेसी आन्दोलनमा प्रचण्डको उछेटो काट्ने जमात पनि थुप्रै छ । भन्छन् प्रचण्डले केही गरेनन् ,यस्तो गरेनन् आदि । राजनीतिक स्वार्थमा प्रयोग गर्न जुन चरित्र नेपाली राजनीतिमा प्रयोग भएको छ यसले नेपाली राजनीति लाई कमजोर र पार्छ नै प्राप्त उपलब्धिलाई पनि गुमाउने खतरा हुन्छ ।
ज्ञात होस प्रचण्ड उत्पिडित वर्गको वैचारिक हतियार हो । विश्व राजनीतिक इतिहासमा एक्काइसौं सताब्दिको आर्दश नेतृत्व हो प्रचण्ड । नेपाली समाजले चाहे जस्तो परिवर्तन भए पनि सामाजिक जिवनमा परिवर्तन आउन सकेन तर यो सबै प्रचण्डको कारणले मात्रै नभएको भन्न सकिदैन । प्रचण्डको कारणले ककेके भए आँखा चिम्लेर छातिमा हात राखेर सोचौ यति ठूलो राजनीतिक ,सामाजिक परिवर्तन अहिले विश्व माझ नेपाल जस्तो देशमा कसरी सम्भव भयो ।सोचौ !
व्यवस्था फेरियो अब नागरिकको चरित्र बदलिनु जरुरी छ । जनउत्तरदायि प्रतिनिधिको सँख्या र कार्यान्वयनको सवालमा प्रश्न गर्न सकिन्छ ।
अहिलेको जनप्रतिनिधिको चरित्रबाट निर्माण गर्न सकिदैन तर पनि राज्यको संरचनाहरु ईन्द्रेणि समावेशीको रुपमा विकास भएको छन । सांसद सबै जनजाति र भाषाभाषीको रुपमा विकास भएको र यसको सिर्जनात्मक निर्माण कसरी गर्दैजाने । उच्चतम जनमत कसरी बनाउदै जाने ? यसको समिक्षा गर्न जरुरी छ ।
हिजोका राजामहाराजा र सामन्तीहरुको स्वर्ग चानचुने रुपमा ढलेको ,भत्किएको होइन ,यसले सामन्तका अवसेसहरुले प्रचण्ड माथि बारम्बार प्रहार गरिरहेका छन । सामन्तवादीको नजरमा दलितहरू प्रदेश प्रमुख बनेको ,न्यायाधीश र स्थानीय सरकार प्रमुख बनेको पचेको छैन । मधेसी रास्ट्रपति ,मुख्यमन्त्री बनेको पचेको छैन । थारुहरु जागरुक भई आफ्नो मागेको पचेको छैन । जनजातिले आफ्नो पहिचान मागेको त कहाँबाट नै पच्थ्यो र यी सामन्तवाद हरुलाइ ?
यही कारणले प्रचण्डलाई लगातार प्रहार भैरहेको छ ।
प्रचण्ड कै नेतृत्वमा यति ठूलो राजनीतिक परिवर्तन भयो ।
देश बन्नलाइ सहि नेतृत्व र सकरात्मक सहभागीता चाहिन्छ । नेतृत्व शाहस तब बढ्छ जब नागरिकले कठिन भन्दा कठिन समयमा नेतृत्वको रक्षा गर्दछ । प्रचण्ड राष्ट्रको सर्वभौमिकता , जनताको आकाङ्क्षा र सहिदको सपना प्रति सँवेदनशिल छन । प्रचण्डको अनुहारमा देश ,जनता र सहिदको लागि उत्कृष्ट चाहाना झल्किन्छ ।
एकचोटि फेरि अनिवार्य युगपुरुषलाई सबैले विश्वास गर्ने समय छ । एक्काइसौं सताब्दिको यो समयमा विश्व उत्पिडितहरुको गौरवपुर्ण नेतृत्व निर्माण गरौँ । नेपाली भुमिबाट एक्काइसौं सताब्दिको आदर्श नेतृत्वको विकास गरौँ । विश्वास गरौँ ,हामी बदलिए देश अवस्य बदलिन्छ । देश बदलिन असल नेतृत्व र सकरात्मक सहभागिता चाहिन्छ ।
२०७७ फागुन २०, बिहीबार
२०७७ फागुन २०, बिहीबार
२०७७ फागुन २०, बिहीबार
२०७७ फागुन २०, बिहीबार
२०७७ फागुन २०, बिहीबार
२०७७ फागुन २०, बिहीबार