images
images

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका लागि मंगलबार राष्ट्रिय शोक

काठमाडौँ- युद्धग्रस्त इजरायलमा बम आक्रमणमा परी मृत्यु भएका नेपालीका लागि सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। इजरायलमा भएको आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गुमेको थियो।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बम आक्रमणमा ज्यान गुमाउनेलाई १० लाख रुपैयाँ दरले राहत दिने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री शर्माले जानकारी दिइन्।

इजरायलमा फसेका नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।