काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक ७ बुँदे एजेण्डा तय पश्चात स्थगित भएको हो ।
बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिशेष सम्बोधन गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार असार १२ गते अर्को बैठक बस्नेछ ।
बैठकले ७ वटा एजेन्डा स्वीकृत गरेकोछ :
१.वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन ।
२.कोभिड -१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा ।
३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
४.सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
५.पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६.एममसीसीका सम्बन्धमा ।
७.विविध :
क.रूकुम घटनाख.नागरिकता विधेयक
ग.संघीय संसदका सदस्यहरूको भत्ता ।
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार