काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा एक कार्यक्रममा अन्तरवार्ता दिँदा दिँदै रिसाएर कार्यक्रम छोडेर हिडेका छन् ।
न्यूज २४ टेलिभिजनको कार्यक्रम (To The Point) मा पत्रकार राजु थापासँग अन्तरवार्ता दिँदै गरेका अध्यक्ष थापा कार्यक्रमको बिचबाटै रिसाएर उठेका हुन् । कुराकानीको क्रममा पत्रकार थापाले संविधानमा हिन्दु राज्य भनेर लेख्नुहुन्छ ? त्यो भन्दा बढी अरु के लेख्नुहुन्छ ? भनेर प्रश्न सोधेका थिए ।
जसको जवाफमा अध्यक्ष थापाले यसको बारेमा बुझ्न समय दिनुपर्छ भन्दै पत्रकारले मेरो बारेमा अर्धसत्य कुरा बुझेर बोलिरहेको बताएका थिए । उनले पत्रकारले आफ्नो बारेमा जनतामाझ भ्रम पार्न खाजेको भन्दै रिसाएर आफ्नो कुरा राख्न नपाएको र राजाको बारेमा कुरा नगर्ने भन्दै भ्रम पारेर नकारात्मक पृष्ठभूमि बनाउन खोजेको आरोप लगाएका थिए ।
उनले कार्यक्रममा पत्रकारको प्रश्न राख्ने शैली ठिक नभएको भन्दै अन्तरवार्ता दिन तयार नभएको र कार्यक्रम स्थगित गर्न लगाएका थिए ।
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार