अमेरिकाको हरेक शहरमा भ्रमण वर्ष प्रचार समिति गठन (सूचीसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ २७, साेमबार  
अमेरिकाको हरेक शहरमा भ्रमण वर्ष प्रचार समिति गठन  (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारले भर्खर मात्रै नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक रुपमा शुभराम्भ गरेको छ ।

देश तथा विदेशमा यतिबेला नेपाल भ्रमण वर्ष–२०२०को व्यापाक प्रचारप्रसार गरि पर्यटक भित्राउन अभियान समेत सुरु भएको हो ।

अमेरिकाको जोर्जिया स्थित नेप्लिज एशोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) ले पहिलो पटक यहा“ भ्रमण वर्ष , २०२० को प्रचारात्मक अभियान थालेको थियो । यस अघि नै नेपाल सरकारका मन्त्री भानुभक्त ढकालले नेपाल भ्रमण वर्ष, २०२० को एटलान्टामा औपचारिक रुपमा शुभराम्भ गरेपछि नासाले अभियानलाई अगाडी बढाइरहेको छ ।

यसै क्रममा अमेरिकामा पनि नेपाल भ्रमण वर्षको प्रचारप्रसार गदै बढी भन्दा बढी पर्यटकलाई नेपाल जाने निम्तो दिने अभियान सहित नेप्लिज एशोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) ले प्रचारप्रसार समितिहरु गठन गरी नेपाल भ्रमण वर्ष–२०२० लाई व्यापकता दिन अगाडी बढेको छ ।

पर्यटनदुत तथा नासाका प्रथम निर्वाचित अध्यक्ष राजा घलेको संयोजकत्वमा नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन समिति बनाईएको छ । समितिमा अमेरिकामा अधिकाश राज्यका अगुवाहरुलाई समेटिएको छ ।

समितिमा आलाबामा बाट सलाम सिंह लामा, डा तिलक श्रेष्ठ र काजी गुरुङ, क्यालिफोर्नियाबाट मनी पनेरु, दिनेश भट्टराई र उत्तम कार्की, क्लोराडोबाट ज्ञानेन्द्र गदाल, सुरेश चन्द्र प्रधान र मनोजकाजी तुलाधर, फ्लोरिडाबाट कृष्ण श्रेष्ठ, विकाश देवकोटा तथा डा. निरज श्रेष्ठ र जोर्जियाबाट  राम पराजुली, सिके पराजुली, राजु थापा, प्रणय लामा, अम्बिका शर्मा, बाबुराम शर्मा, सन्तोष यादव, श्री वाग्ले, अमिरी नेपाल, संजय शाह र प्रेम बानिया रहेका छन् ।

यसै गरी इन्डियानाबाट अरुण राजभण्डारी, अनुप थापा,आईओवाबाट  देवी बास्तोला तथा अबन बराल, मेरिल्यान्ड तथा भर्जिनिया क्षेत्रबाट सिता पाण्डे, अन्दु थिङ, खेम भट्टचन र अनु वन्त,मासाचुसेट्स ,बोस्टन बाट सुरेश वाग्ले, शिव के राई, सौरभ एस दाहाल, न्युयोर्कबाट केशव राम राई, निग्मा पाख्रिन, विष्णु राना मगर तथा सुमन बुढामगर, नर्थ क्यारोलिनाबाट रेवीराज अधिकारी, बाबुराम दवाडी, सुनी प्रधान, कुमारी लामा र बाबु सुवेदी तथा टेक्सस राज्यबाट मन्जु सापकोटा र देवी डेभिड आर्चालाई सदस्यमा चयन गरिएको छ ।

यसरी गठन भएको समितिले अमेरिकामा नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी विभिन्न प्रचारात्मक अभियानहरु च्लाउने समितिको संयोजक राजा घलेले जानकारी दिए । ‘नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग पुगोस भनेर हामीले अभियान थालेका हौ’ घलले भने– ‘यसले नेपालको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएका छौ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार