images
images

पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको जलहरी हेर्न पुग्यो आयोगको टोली

काठमाडौं । सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ । केही समयअघिमात्रै आयोगको टोलीसँग खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् ।
जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।

संसदमा समेत यसबारे प्रश्न उठेको थियो । आयोगका एक उच्च अधिकृतका अनुसार उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुर गरेको हो ।  उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने जानकारी ति अधिकृतले दिए । आयोगका अनुसार आज साँझबाटै जलहरीको तौल परिक्षण गरिन्छ ।
जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आशंका छ । २०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले  पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेर करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।