पाँचसय रुपैयाँले बढ्यो सुनको मूल्य

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस २९, बिहीबार  
 पाँचसय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेकोे छ । आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार