अभिनेता बिपिनको अभिनय यात्रा बलिउड तिर

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस २८, बुधबार  
अभिनेता बिपिनको अभिनय यात्रा बलिउड तिर

काठमाडौँ । अभिनेता विपिन कार्कीले बलिउडको ‘एनिमल’ अभिनय गर्ने भएका छन् । अभिनेता कार्कीले निर्माण टिमसँग एनिमल खेल्ने मौखिक सहमती भैसकेको बताए ।

‘फिल्मको सुट भैरहेको छ, मेरो चार्हि अगस्टतिर पर्छ होला’, बिपिनले आफ्नो भूमिका बारे भने, ‘मैंले भूमिका बारे धेरै त बुझ्न पाएको छैन । तर फिल्म खेल्ने चाहिं पक्का जस्तै भएको छ’। उनका अनुसार फिल्ममा उनले अभिनेता अनिल कपूरसँग धेरै दृश्य दिनु पर्नेछ । पहिलो पटक बलिउड फिल्ममा अवसर पाउँदा आफु उत्साहित रहेको पनि उनले बताए ।

फिल्म ‘सेल्फी किङ्ग’ को अभिनय हेरेपछि एनिमल निर्माण पक्षले उनीसँग सम्पर्क गरेर कुरा अगाडी बढाएको हो । ‘सेल्फी किङ्ग’ का निर्देशक विशाल सापकोटाले बिपिन र एनिमल टिमबिच मध्यस्तकर्ता गरेका थिए ।

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार