आज  पृथ्वीजयन्ती : राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन : पूर्वराजा शाह

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस २७, मङ्गलबार  
आज  पृथ्वीजयन्ती  :  राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन  : पूर्वराजा  शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने बताएका छन् । शाहले आज पृथ्वीजयन्तीको अवसरमा बोल्दै यस्तो बताएका हुन ।

उनले भने- हामीलाई यस्तो वैभव प्रदान गर्ने हाम्रा अमर तथा ऐतिहासिक धरोहर श्री ५ वडामहाराजाधिराजको राष्ट्रभक्ति, साहश र नेपाली आट आकांक्षाबाट नै यो सुन्दर फुलबारी नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको हो।

राष्ट्रियताका आधारहरु माथी प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र वडामहाराजाधिराजका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महशुस हामीले गरेका छौं। देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्। राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन। हाम्रो भूगोल, माटो र पन-आफ्नै धर्म संस्कृति एवं गतिविधि नै हामीलाई प्यारो र राम्रो लाग्छ । आफ्नो गौरवमय अस्तित्वलाई जोगाइ राख्न हिमाल, पहाड र तराइका सबै हामी एक बनौं।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार