‘ए’ डिभिजन लिगमा आठौँ चरणका खेल सुरु हुँदै , पहिलो खेलमा संकटा र सातदोबाटो भिड्ने 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस २३, शुक्रबार  
‘ए’ डिभिजन लिगमा आठौँ चरणका खेल सुरु हुँदै , पहिलो खेलमा संकटा र सातदोबाटो भिड्ने 

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबारदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् । शुक्रबार दुई वटा खेल हुनेछन् ।

काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् । संकटा ७ खेलमा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा सातदोबाटोको ८ अंकका साथ आठौँ स्थानमा छ । 

यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् । एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौँ स्थानमा छ भने जाउलाखेल समान खेलमा ७ अंकसहित नवौँ स्थानमा रहेको छ ।
 
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार