‘मिस्टर विन’को आज जन्मदिन , को हुन् नबोली दर्शकलाई हसाउँने ‘मिस्टर विन’ ?

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस २२, बिहीबार  
‘मिस्टर विन’को आज जन्मदिन , को हुन् नबोली दर्शकलाई हसाउँने ‘मिस्टर विन’ ?

मिस्टर विन’ले आज आफ्नो जन्मदिन मनाउँदै छन् । उनको जन्म १९५५ जनवरी ६ मा बेलायतमा भएको थियो । मिस्टर विनको नामले विश्वप्रख्यात बनेका यी कलाकारको नाम भने अर्कै छ ।  उनको वास्तविक नाम रोवान एटकिन्स हो ।  सानै उमेरदेखि रमाइलो गर्न रुचाउने उनी जहाँ पनि कमेडी गर्न अगाडि सर्थे ।

जब रोवान अक्सफोर्ड युनिभर्सिटीमा स्नातोकोत्तर गर्दै थिए सोही समयमा उनले ’मिस्टर विन’को कल्पना गरेका थिए । नबोली पनि दर्शकलाई हसाउन सक्छु भन्ने विश्वास सहित उनले भिडियो निर्माण सुरु गरेका थिए । उनले सोचेको कुरा सफल भयो ।

मिस्टर विनले केही चलचित्रमा पनि काम गरेका छन् । उनले ‘विन’ नामक चलचित्रबाट डेब्यु गरेका हुन् । जुन चलचित्र निकै हिट भएको थियो । उक्त चलचित्रको सफलतापछि उनलाई नै केन्द्रिय भूमिकामा लिएर ‘मिस्टर विन्स होलिडे’ चलचित्र बनाइएको थियो ।

यसपछि मिस्टर विनले ‘फोर वेडिंग्स एन्ड ए फ्युनरल, हट शट्स, जनी इंग्लिश रिबोर्न’ लगायत हिट चलचित्रमा काम गरेका छन् ।

पछि मिस्टर विनले आफूले कमेडियन बनेर हसाउने उमेर गएको भन्दै चलचित्रबाट सन्यास लिए । तर, ५ वर्षको विश्रामपछि उनी पुनः चलचित्रमा फर्किए । उनले ‘टप फन्नी कमेडियन’ नामक चलचित्रबाट कमब्याक गरेका थिए ।

अहिले पनि मिस्टर विन भिडियो बनाइरहेका छन् । दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार