महान वैज्ञानिक आइज्याक न्यूटनको  आज जन्म जयन्ती :  जान्नुस , उनको केही रहस्यम कुराहरु

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस २०, मङ्गलबार  
महान वैज्ञानिक आइज्याक न्यूटनको  आज जन्म जयन्ती :  जान्नुस , उनको केही रहस्यम कुराहरु

काठमाडौँ । आइज्याक न्युटन सन् १६४२ मा बेलायतमा जन्मेका थिए । उनी विश्व विख्यात वैज्ञानिक हुन। न्युटन गुरुत्वाकर्षण शक्ति १६८६ रे गति सम्बन्धि सिद्धान्त १६८६ का जन्मदाता हुन। न्युटनले प्रकाशमा सात रङहरू हसन्या कुरा प्रिज्मबाट आवर्तन गरि प्रमाणित गरेका थिए।

न्युटनको स्याउको कथा अनुसार स्याउको बोटमुनि बसिरहेको बेलामा स्याउ न्युटनको टाउकोमा खस्यो र त्यसैलाई आधार बनाएर उहाँले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनु भयो । उहाँले १६८६ मा गुरुत्वाकर्षणको नियम पत्ता लगाउनु भएको थियो भने १६८७ मा चालको नियमहरु प्रतिपादन गर्नु भएको थियो ।

आइज्याक न्यूटनले गुरुत्वाकर्षणको नियम बताउँदै भनेका थिए, ‘कुनै अज्ञात शक्तिले चीजलाई आफूतर्फ खिच्छ । यो नियम ब्रह्माण्डको प्रत्येक कणमा लागु हुन्छ । हरेक कणले अर्को कणलाई आफूतिर खिच्छ ।’ विज्ञानको दुनियाँमा उनी यस्ता हस्ती हुन् जसले गुरुत्वाकर्षणको नियम र चालको नियम प्रतिपादन गरेका थिए । न्यूटन विश्वचर्चित वैज्ञानिक मात्रै नभई एक दार्शनिक पनि थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार