पर्यटन व्यवसायीको साझा संस्था बनाउने ढंगले अगाडी बढ्छौँ : पन्त

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ ३, शुक्रबार  
पर्यटन व्यवसायीको साझा संस्था बनाउने ढंगले अगाडी बढ्छौँ  : पन्त

काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को पूर्व महासचिव भीमप्रसाद पन्तले नाटालाई पर्यटन व्यवसायीको साझा संस्था बनाएर अगाडी बढ्ने बताएका छन् । उनले व्यवसायीको बीचमा एकता कायम गर्ने वातावरण  सिर्जना गर्न लागि परेको बताए ।

नाटाको नयाँ कार्यसमिति निर्माणमा होमिएका पन्तले नाट्टालाई साझा संगठनको रुपमा बिकास गर्ने नै आफ्नो ध्येय रहेको  उनको भनाइ छ । उनले भने, ‘त्यही कारण हामी सबै एक ढिक्का बनौ,सबै संस्थाहरुलाई्र एकठाउँमा ल्याउ , समस्यामा फुटेर होइन जुटेर समाधान गरौ ।’

उनले भ्रमण वर्ष २०२० मनाउँदै गरेको भएकाले सरकारको लक्ष्य अनुसार २० लाख पर्यटन भित्र्याउने उदेश्य सफल बनाउनकै लागि आएको बताए । नाटामा भएका कमजोरीलाई सम्हाल्दै आगाडी बढ्नेमा आफुहरु तयार रहेको बताए । संस्थाले र समाजले पनि केही फाइदा पाउन सकोस  भन्नको लागि फुटेर हैन् जुटेर जानुपर्ने उनको भनाइ छ । 

नेपालमा पर्यटकको सख्या बढेपनि खर्च गर्न सक्ने पर्यटक भित्र्याउन नसकेको कुरा बताउँदै  उनले सरकारसंग हातमा हात मिलाएर साथमा साथ दिएर अघि बढ्न चाहेको धारण व्यक्त गर्दै सम्बृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्ने एउटा माध्यम पर्यटन  रहेको बताए । सोही अनुरुप लक्ष्य पुरा गर्न नेपाल सरकार,पर्यटन मन्त्रालय,पर्यटन बोर्ड ,पर्यटन बिभाग र पर्यटन व्यवसायीबीचको एकता अति आवश्यक  रहेको औल्याए ।

आज हुुुने  नाटाको आसन्न निर्वाचनमा पन्त प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बिनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता र महासचिवमा सुधीरकुमार उपाध्याय पौडेललाई उम्मेदवार उठाएका छन् ।

त्यस्तै सचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारी,कार्यकारी सदस्यको उम्मेदवारमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, लक्ष्मी कार्की अधिकारी, चुडावहादुर जिम्बा, गीता ढकाल, डेण्डी शेर्पा र रामशोभित नायकले उम्मेदवार दिएका छन् ।

पन्तले आफ्नो समूह कुनै निश्चित राजनीतिक पार्टीको नभई व्यवसायीहरुको साझा र समावेशी टिम रहेको दावी गर्दछन् । पन्त विगत तीन दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय  व्यक्ति हुन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर