images
images

सामन्तवाद समाजमा रहेका जनताको अन्तरविरोध किसानहरुको अन्तरविरोध रहेको :देव गुरुङ

नेकपा माओवादी केन्द्रले अखिल नेपाल किसान महासंघका माग सम्बोधनका लागि आवश्यक भूमिका खेल्ने भएको छ ।

बुधवार अखिल नेपाल किसान महासंघद्धारा ३२औँ किसान संघर्ष दिवस तथा ४६ औँ जुगेडी किसान संघर्ष स्मृति दिवसकोअबसरमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले ६ वटा किसान संघको मागमा पार्टीको पूर्ण समर्थन रहेको बताए ।

उनले भने,‘६ वटा किसान समुहहरुले ६२ वटा माग पत्रहरु लिएर प्रधानमन्त्री समक्ष बैशाख १७गते दिनुभएको रहेछ । त्यसमा हाम्रो पार्टीको प्रतिवद्धता रहेको छ र पूर्ण समर्थन रहेको छ । त्यो प्रस्ताव पूरा गराउनको लागि भूमिका निर्वाह गर्ने विश्वास पनि दिलाउन चाहन्छु ।’

उनले किसानहरुको क्रान्तिको कार्यभार पूरा नभएको भन्दै समाजवादी क्रान्तिले मात्र त्यो पुरा गर्न सक्ने टिप्पणी गरे । उनले भने, ‘सामन्तवाद समाजमा रहेका जनताको अन्तरविरोध किसानहरुको अन्तरविरोध रहेको छ । तर किसानहरुको क्रान्तिको कार्यभार पूरा भएका छैनन् । जमिनदारको ठाउँमा वित्तिय एकाधिकार पुँजीवादले त्यो ठाउँ लिएको छ । किसानको कृषि क्रान्ति कार्यभार अझै बाँकी छ । त्यो समाजवादी क्रान्तिले मात्र पुरा गर्न सक्छ ।’

कृषि क्षेत्रमा आधुनिकिररण र औधोगीकरणको अर्को कुनै विकल्प नभएको उनको भनाई छ ।

कार्यक्रममा केन्द्रीय सदस्य किसान महासंघ फ्याक्स इन्चार्ज सुनिलकुमार मानन्धर, केन्द्रीय सदस्य सूर्य सुवेदी, रणेन्द्र बराईलीले पनि कृषिमा आत्मनिर्भर हुनलाई राज्यले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव नहेन्द्र खड्का गरेका थिए भने उपाध्यक्ष मिना तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।

उक्त कार्यक्रममा माओवादी केन्द्र विशेष प्रदेश संयोजक विवेक, संगठनका उपाध्यक्ष अगस्त अधिकारी, केपी बराल, गोन्द्रि महर्जन, राबहादुर ढकाल, हरिनारायण महतो। कृष्णबहादुर कार्कीलगायतका किसान नेताहरुको सहभागिता रहेको थियो ।