केपी ओलीलाई ‘फादर अफ द नेशन’ को रुपमा युवाहरुले स्विकार गरिसके  : नेता बस्नेत

लाल्टिन खबर ,
प्रकाशित: २०७८ मङ्सिर ९, बिहीबार  
 केपी ओलीलाई ‘फादर अफ द नेशन’ को रुपमा युवाहरुले स्विकार गरिसके  : नेता बस्नेत

काठमाडौँ । नेकपा (एमाले)  का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले केपी शर्मा ओलीलाई ‘फादर अफ द नेशन’ को रुपमा युवाहरुले स्विकार गरिसकेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमार्फत नेता बस्नेतले यो महाधिवेशनले उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा विश्वस्त  रहेको जिकिर गरे । उनले अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए ।

उनले भने, ‘उहाँले दुई कारणले उम्मेद्धवारी दिएको हुनसक्छ। एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ। दोस्रो, अध्यक्षमा उम्मेद्धवारी दिने अनि जित्ने कुनै सम्भावना छैन्। तर, पराजित भएपनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ, भीम रावलले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन। उहाँले उम्मेद्धवारी फिर्ता गरेर जानुपर्छ। चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ, विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ।’

उनले कम्युनिष्ट आन्दोलनलाई थप क्षति नहोस भनेर रावलले उम्मेद्धवारी फिर्ता लिँदा नै राम्रो हुने टिप्पणी गरे।

त्यस्तै नेता बस्नेतले सोही कार्यक्रममा आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा समेत गरेका छन्। उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि विश्वास दिलाए।

पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने बताए।  

  

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर