कांग्रेसले माओवादी एकीकृत समाजवादीलाई पन्छ्याएर अघि बढ्ने ओलीको दाबी 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ मङ्सिर ८, बुधबार  
 कांग्रेसले माओवादी एकीकृत समाजवादीलाई पन्छ्याएर अघि बढ्ने ओलीको दाबी 

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई असहज लागेका बेला नेपाली कांग्रेसले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् ।

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ ।

‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भने ।
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर