अब ,छिट्टै कक्षा १२ को परिक्षाफल सार्वजनिक हुन्छ   : बोर्ड 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ मङ्सिर ८, बुधबार  
अब ,छिट्टै कक्षा १२ को परिक्षाफल सार्वजनिक हुन्छ   : बोर्ड 

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा मंसिर महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको  छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले परिक्षाफल सार्वजनकि गर्नको लागी सबै काम अन्तिम चरणमा पुगेको छ । अब केही दिन भित्र नभए यो महिनाको अन्त्यसम्म परिक्षाफल सार्वजनिक गर्ने जनाएको छ । बोर्डका एक अधिकारीले भने , ठ्याक्कै यही दिन सार्वजनिक गर्ने भनेर मिति नतोकिएको तर अब छिट्टै सार्वजनिक हुने बताए ।  

यसवर्ष परिक्षा कोरोनाका कारण रोकिएर  स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै  ३० भदौदेखि असोज ८ गतेसम्म भएको थियो । परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए । त्यसभन्दाअघि पनि हुने भनिएको परिक्षा २ पटक कोरोनाको कारण स्थगित भएको थियो । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर