सुनको मूल्य घट्यो, हेर्नुस् कति छ आजको भाउ ?

लाल्टिन खबर ,
प्रकाशित: २०७८ मङ्सिर ७, मङ्गलबार  
सुनको मूल्य घट्यो, हेर्नुस् कति छ आजको भाउ ?

काठमाडौँ । केहि दिनदेखि मूल्य बढ्दै आएको सुनमा आज मंगलबार भारी गिरावट आएको छ ।

सोमबार तोलाको ९३ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार तोलामा एकैपटक १६ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ३ सयमा आईपुगेको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा १६ सयले नै घटेर ९१ हजार ८ सयमा झरेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर