अनलाइन गेम क्रेज : आमाबाबुले गेम खेल्न नदिदाँ घरको ३३ लाख चोरी गरी फरार

राजेश पुरी ,
प्रकाशित: २०७८ मङ्सिर ६, साेमबार  
अनलाइन गेम क्रेज  : आमाबाबुले गेम खेल्न नदिदाँ घरको ३३ लाख चोरी गरी फरार

काठमाडौँ । पछिल्लो समय विश्वभर बालबालिकादेखि बयस्य युवायुवतीहरुमा अनलाइन गेमको निकै क्रेज बढेको छ । विशेषत युवतीहरुमा भन्दा पनि युवाहरुमा अनलाइन गेमको क्रेज बढी देखिएको छ । त्यसमा विशेषगरी पब्जी , फ्रीफायर , लुडो , टेबलटेनिस आदि अग्र स्थानमा रहेका छन् । यीमध्ये पनि बब्जी र फ्रीफायर बढी प्रयोगमा आएको छ । यसले बालबालिकाहको मानसिक स्थितीमा नराम्रो असर पारेको छ । हामी अहिले प्रत्येक मानिसहरुको घरमा पुग्यो भने प्रत्यक्ष रुपमा देख्न सक्छौँ , गेमको असर , अहिलेका बालबालिका मोबाइत हातमा भएन भने खाना नै खादैँनन् , बरु खाना छोड्न तयार हुुन्छन् तर मोबाइल छोडन सक्दैन् ।

यस्तै , एउटा उदाहरण प्रस्तुत गर्दै छु आज । यो घटना भारतको हो । त्यहाँको एक १५ वर्षिय युवाले आमाबाबुले अनलाइन गेम खेल्न नदिएपछि घरमा भएको ३३ लाख र गरगहना लिएर नेपालको टिकट कँटी भागेका छन् । तर , उनी भागेको खबर भारतीय प्रहरीले पाउँनसाथ युवकलाई बाटोमा नै प्रक्राउ गरेको छ । अहिले पक्राउ गरिएको युवकलाई परिवारलाई नै जिम्मा लगाइसकेको भारतीय प्रहरीले जनाएको छ ।

अनलाइन गेम कुलत
अहिले अधिकाश बालबालिकाहरुमा अनलाइन गेम कुलतको रुपमा विकसित हुदैँ गएको छ । अनलाइन गेमको लतले धेरै बालबालिकाहरुमा आत्माहत्या गर्ने देखि विभिन्न हिंसात्मक घटनाहरु दैनिक बढिरहेको छ । विज्ञहरुका तथा चिकित्सहरुका अनुसार पनि अनलाइन गेम तथा अत्याधिक मोबाइल फोनको प्रयोगले बालबालिकाहरुमा मानसिक र शारिरिक समस्या देखा पर्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर