नायिका एलिजा गौतम चलचित्र ‘घुइँचो’ मा अनुबन्धित

लाल्टिन खबर ,
प्रकाशित: २०७८ मङ्सिर १, बुधबार  
 नायिका एलिजा गौतम चलचित्र ‘घुइँचो’ मा अनुबन्धित

काठमाडौँ ।  नायिका एलिजा गौतम चलिचित्र ‘घुइँचो’ मा अनुबन्धित भएकी छन् । डेब्यु फिल्म ‘अनुराग’  पछि उनले यो फिल्ममा अभिनयको सम्झौता गरेकी हुन् । 

रामजी दैलेखीको निर्माणमा तयार हुन  लागेको उक्त  चलचित्रमा उनले काम गर्ने पक्का पक्की भइसकेको छ । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने फिल्मले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ । एलिजाले ‘घुइँचो’को कथा आफूले खोजेजस्तै पाएकाले काम गर्न इच्छुक भएको बताएकी छन् । 

निर्माता दैलेखीले अन्य कलाकार पनि चाँडै फाइनल हुने जानकारी दिए । ‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुइँचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्नेछ,’ दैलेखीले भने ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर