कक्षा १२ को परिक्षाफल मंसिर १५ सम्ममा सार्वजनिक गर्ने बोर्डको तयारी

लाल्टिन खबर ,
प्रकाशित: २०७८ कात्तिक २५, बिहीबार  
कक्षा १२ को परिक्षाफल मंसिर १५ सम्ममा सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा मंसिर महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको  छ । कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षाको अहिले मार्क इन्ट्रीको काम भइरहेको परीक्षा बोर्डले लालटिन खबरलाई जानकारी दिएको छ ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिसकेकाले अहिले मार्क इन्ट्रीको काम भइरहेको छ , जसअनुसार विद्यार्थीहरुको पढाइलाई मध्यनजर गर्दै अब छिट्टै परिक्षाफल सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको जनाए । 

कोरोना महामारीका कारण वैशाखमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो । त्यसैबीच स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै कक्षा १२ को परीक्षा ३० भदौदेखि असोज ८ गतेसम्म भएको थियो । परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए । त्यसभन्दाअघि पनि हुने भनिएको परिक्षा २ पटक कोरोनाको कारण स्थगित भएको थियो । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर