प्रदेश ३ प्रदेशसभाले प्रदेशको राजधानी र नाम चयन प्रक्रिया सुरु गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गर्न सांसदहरुलाई आह्वान गरेका हुन् ।
शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रदेशसभा संसदीय दलको बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडामा राख्ने निर्णय गरेसँगै प्रदेशसभाले प्रस्ताव आह्वान गरेको हो ।
नेपालको संविधानको धार २८८ को उपधारा २ अनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतले राजधानी तोक्न सक्नेछ । प्रदेशसभामा एकसय १० सांसदमध्ये ८० जना नेकपाका छन्, जुन राजधानीको निर्णय गर्न पर्याप्त छ ।
प्रदेशसभाले पुस २७ गते मतदान प्रक्रियाबाट प्रदेशको नाम र राजधानी तोक्ने छ । देशभरका ७ प्रदेश मध्ये ३ वटा प्रदेश सुदूरपश्चिम, कर्णाली र गण्डकीले नामाकरण र राजधानी तोक्ने काम यसअघि नै सम्पन्न गरिसकेका छन् । प्रदेश ३ का अलावा प्रदेश १, २ र ५ मा भने बाँकी नै छ।
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार