सरकारले शिक्षकको लागि छुट्टै अस्पताल निर्माण गर्ने  

लाल्टिन खबर ,
प्रकाशित: २०७८ कात्तिक २३, मङ्गलबार  
सरकारले शिक्षकको लागि छुट्टै अस्पताल निर्माण गर्ने   

काठमाडौँ । सरकारले शिक्षकहरूका लागि छुट्टै अस्पताल बनाउने  भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षक अस्पताल बनाउने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्था गर्न विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी सदस्य छन्।

सरकारले समितिलाई २ महिनाभित्र जग्गा खोजिसक्न  निर्देशन दिएको छ। जसअनुसार समितिले काठमाडौं, चितवनलगायत ठाउँमा जग्गा खोज्ने मन्त्रालयलाई प्रतिवेदन  बुझाउने तयारी गरेको छ। 

शिक्षक अस्पताल बनेपछि देशभरका झन्डै ३ लाखको संख्यामा रहेका शिक्षकले लाभ पाउने सरकारले अपेक्षा गरेको छ।

शिक्षक अस्पताल बनाउन यसअघि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरेका थिए। 
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर