प्रधानन्यायाधीश जबरासँग छलफलको लागि न्यायाधीशहरूको बैठकले तीन सदस्यीय वार्ता टोली गठन

लाल्टिन खबर ,
प्रकाशित: २०७८ कात्तिक १४, आइतबार  
प्रधानन्यायाधीश जबरासँग छलफलको लागि न्यायाधीशहरूको बैठकले तीन सदस्यीय वार्ता टोली गठन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफलको लागि न्यायाधीशहरूको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। आइतबार बसेको न्यायाधीशहरूको बैठकले सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्माको तीन सदस्यीय वार्ता कमिटी गठन गरेको हो। प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्च अदालतका १९ न्यायाधीश आन्दोलनरत छन्। 

प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ भयो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि पेसी तोकेपनि प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ भएको बताउनुभयो । गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाउँदै न्यायाधीशहरु इजलासमा उपस्थित हुनुभएको छैन ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसका कारण टाढाबाट आएका सेवाग्राहीहरु पनि मर्कामा परेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर