काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असाेज १९, मङ्गलबार  
काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन 

काठमाडौं । बलिउडका चर्चित अभिनेता अनुपम खेरले पशुपतिनाथको दर्शन गरेका छन् । सोमबार काठमाडौं आएका अभिनेता खेरले मंगलबार बिहानै पशुपतिनाथको दर्शन गरेका हुन् ।

आफुले पशुपतिनाथको दर्शन गरेको बारे खेरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानि ठानेको बताएका छन् ।

लेखेका छन्, ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ ।’ खेरसहित बलिउड कलाकार फिल्म ‘उचाइँ’ छायाँकनका लागि नेपाल आएका हुन् ।

खेरसहित अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाकार नेपाल आएका छन् । खेरले नेपालमा छायाँकन हुने यो फिल्म आफ्नो करियरको ५२०औँ फिल्म भएको बताउका छन् । 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार