पूर्वफिफा रेफ्री लब खत्रीको निधन

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असाेज १८, साेमबार  
पूर्वफिफा रेफ्री लब खत्रीको निधन

काठमाडौं । पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो ।

सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि वाथरुममा छिरेका थिए । वाथरुममा लडेपछि उनलाई उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो ।

हस्पिटलले निधनको कारण औपचारिक रुपमा बताएको छैन । खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए ।

उनले करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा देखिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार