शारुख खानका छोरा आर्यन ड्रग्स काण्डमा पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असाेज १७, आइतबार  
शारुख खानका छोरा आर्यन ड्रग्स काण्डमा पक्राउ

एजेन्सी । बलिउड अभिनेता शारुख खानका छोरा आर्यन खान पक्राउ परेका छन् । ड्रग्स पार्टीमा सग्लन रहेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले शनिवार मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एक ड्रग्स पार्टीमा छापा मारेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले आर्यनको मोबाइल फोन पनि जफत गरेको छ ।

उनको च्याट खोजी गरिरहेको छ। ब्युरोका अधिकारीहरू यात्रु बनेर क्रुज सिपमा छापा मारेको थिए । ब्युरोले छापा मार्ने क्रममा आर्यन सहित ८ जनालाई प्रहरीले हिरासतमा लिएको हो । तर उक्त ड्रग्समा आफ्नो कुनै सग्लनता नरहेको खानको भनाइछ ।

(एनसीबी) ले हाल आर्यन सँग सोधपुछ गरिरहेको छ । तर उक्त पार्टीमा आफू अतिथिको रूपमा मात्र गएको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार