हामीलाई एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन  , देशको नेतृत्व गर्ने स्थिति बन्छ : प्रचण्ड

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असाेज १, शुक्रबार  
हामीलाई एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन  , देशको नेतृत्व गर्ने स्थिति बन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको लागी सडकमा जानुपर्ने अवस्था आउने बताएका छन् । प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले भने , राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्नेछौँ , तर जरुरी र्पयो भने हामी सडकमा जानुपर्ने हुनसक्छ।’ 

प्रचण्डले भने , ‘वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ।’‘आउने निर्वाचनमा हेर्नुहोला, केन्द्रीय समितिबाट हामीले जुन संकल्प गरेका छौ, विचार, सिद्धान्त र संगठन बनाउने त्यो अनुसार हिँडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन र हामीले देशको नेतृत्व गर्ने स्थिति बन्छ’ 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार