नेकपा एकीकृत समाजवादीको बैठक असोज ५ गते बस्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै ३०, बुधबार  
नेकपा एकीकृत समाजवादीको बैठक असोज ५ गते बस्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आउँदो असोज ५ गते बस्ने भएको छ ।

नेकपा एमालेबाट गठन भएपछि पहिलो पटक पार्टीको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक हिजैका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो । 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार