साकाहारी भोजन गर्नुस्, दीर्घ जीवन जिउनुस् !

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै ३०, बुधबार  
साकाहारी भोजन गर्नुस्, दीर्घ जीवन जिउनुस् !

काठमाडौँ । नेपालीको महान् चाड बडादशैँ आउन तीन हप्ता बाँकी छ । मिठो खाने र राम्रो लाउने चाड भनेर चिनिएको दशैँमा खानाकै कारण स्वस्थ्यमा विभिन्न समस्या आउने गरेका छन् ।

सामान्यभन्दा ज्यादा माछा मासु खाने र शारीरिक कसरत कम हुने हुँदा पनि यस्तो समस्या आएको हो । दशैँमा खानाकै कारण कतिपयको तौल पाँच सात किलो बढेको हुन्छ । हप्ता दश दिनसम्म लगातार माछा मासु नियमित खानाले शरीरमा थुप्रै समस्या आउँछ ।

दशैँमा सबैका घरमा माछा मासु पाक्ने भए पनि मिलाएर साकाहारी भोजन गर्दा स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । दशैँ भन्दैमा बिहान, दिउँसो, बेलुका नै मासु खानुभन्दा रुटिङ मिलाएर हरियो सागपात तथा सलादहरु समावेश गर्नाले शरीर चंगा हुनुको साथै विभिन्न रोग लाग्नबाट सुरक्षित राख्छ । दशैँ अवधिभर साकाहारी भोजन गर्दा उत्तम हुन्छ ।

- दीर्घ जीवनका लागि सहायता पुर्‍याउँछ ।

- कोलेस्टोरेल लेबल घटाउन मद्दत गर्छ ।

- हृदयघात हुने जोखिम घटाउँछ ।

- डाइबिटिज हुनबाट धेरै मात्रामा रोक्छ ।

- स्वस्थ छालाका लागि पनि साकाहारी हुनु जरुरी छ ।

- साकाहारी भोजन गर्नाले शरीरमा पानीको मात्रा कम हुन दिँदैन ।

- साकाहारी भोजन गर्ने व्यक्तिलाई डिप्रेसन कम हुन्छ ।

- साकाहारी भोजन पचाउन सहज हुन्छ।

- आँखाको तेज बढाउन मद्दत पुर्‍याउँछ ।

- व्यावसायिक रुपमा पनि साकाहारी भोजन गर्नेलाई फाइदा पुग्छ ।

- क्यान्सरको जोखिम कम हुन्छ ।

- मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

- उच्च रक्तचाप हुनबाट जोगाउँछ ।

- माइग्रेन हुनबाट जोगाउँछ ।

- हर्मनलाई सन्तुलित गर्न मद्दत पुर्‍याउँछ ।

- शरीरमा एलर्जी हुनबाट जोगाउँछ ।

- नङलाई मजबुत बनाउन विशेष भूमिका खेलेको हुन्छ । 

- दिमागी चुस्तताका लागि पनि भेगान खाना खानु जरुरी हुन्छ ।

- खाना पकाउँदा समयको बचत हुन्छ, साकाहारी भोजन तयार गर्न सहज हुन्छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार