आईसीसी विश्वकप क्रिकेट : नेपाल आज ओमानसँग भिड्दै

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै २९, मङ्गलबार  
आईसीसी विश्वकप क्रिकेट :  नेपाल आज ओमानसँग भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल आज ओमानसँग भिड्दै छ।  नेपाल र ओमानबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ।  पहिलो खेलमा अमेरिकाविरुद्ध शानदार जित निकालेको नेपाल आज पनि उच्च मनोबलसहित मैदान उत्रिँदैछ। तर नेपाल ओमानभन्दा बलियो टिमका रुपमा छ। 

यसअघि गएराति सकिएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार