एमाले स्थायी कमिटी बैठक सर्‍यो, अर्को बैठक शनिबार बिहान ९ बजे बस्ने  

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै २५, शुक्रबार  
एमाले स्थायी कमिटी बैठक सर्‍यो, अर्को बैठक शनिबार बिहान ९ बजे बस्ने  

काठमाडौँ । एमाले स्थायी कमिटी बैठक सरेको छ । शक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक शनिबार बिहानसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ९ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा च्यासलमा बैठक बस्नेछ ।

यो बैठकको एजेन्डामा विधान महाधिवेशनको प्रतिनिधि छनोट, दस्तावेज निर्माण र व्यवस्थापन रहेको एमालेले जनाएको छ । साथै संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषय पनि रहेको सचिव तामाङले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार