अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै २३, बुधबार  
अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन । गत वर्ष दिपेक्षविक्रम राणासँगै विवाह बन्धनमा बाँधिएकी ऋचालाई पुत्र लाभ भएको छ ।

यति बेला सामाजिक सञ्जालमा ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो बाहिरिएको छ । उमा, लुट लगायतको दर्जनौँ चलचित्रमा काम गरिसकेकी ऋचा हालै कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा जजको रूपमा रहेकी थिइन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो साताबाट कमेडी च्याम्पियनमा उपस्थित नहुने जानकारी समेत गराएकी थिइन ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार