तीजको बेला दर खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै २०, आइतबार  
तीजको बेला दर खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । नेपाली हिन्दू नारीहरुको महान् चाड तिज आउन केही दिनमात्रै बाँकी छ । तर, दर खान भने सुरु भइसकेको छ ।

दर खाँदा विषेश ध्यान पुर्‍याउनुपर्छ । दरको नाममा अस्वस्थकर खाना खाएमा व्रत र नाचगान होइन, उठ्नै नसक्ने गरी बिरामी पर्ने खतरा हुन्छ ।

त्यसैले दर खादा स्वास्थ्य र स्वस्थकरमा विशेषज्ञ ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

दरमा के खाने ?

१. दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नुहुँदैन ।

२. दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ । 

३. दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ ।

४. सामुहिकरुपमा दर खाँदा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ ।

५. दरसँग अल्कोहल पीउनु हुँदैन ।

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार