विष्णु माझिको ‘चरी जेलैमा’ ले राख्यो नयाँ रेकर्ड, १३ दिनमै एक करोड भ्यूज (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै १५, मङ्गलबार  
विष्णु माझिको ‘चरी जेलैमा’ ले राख्यो नयाँ रेकर्ड, १३ दिनमै एक करोड भ्यूज (भिडियो सहित)

काठमाडौँ । लोकदोहोरी क्षेत्रमा सर्वाधिक चर्चा बटुल्न सफल भएकी गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड पुगेको हो ।

योसँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ । शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।

सार्वजनिक भएको सुरुवाती दिनमा औसत चर्चामा रहेको यस गीतले सामाजिक सञ्जालमा चर्चा पाउँदै गएसँगै भ्यूजमा पनि नयाँ रेकर्ड राखेको थियो । यो गीतले २४ घन्टामा १० लाख बढी हेरिएको गीतको समेत रेकर्ड राखेको छ ।

गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको मन जितेको छ । गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेपछि भिडियोका कोरियोग्राफर शिव बि.क.ले दर्शकलाई धन्यवाद दिदै खुशी साटेका छन् । शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन छ । यसअघि बिष्णु माझीका आधा दर्जन गीतहरु करोड क्लवमा प्रवेश गरेका छन् ।  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार