पत्नीको जन्मदिनमा छमछमी नाचे अध्यक्ष ओली (भिडियोसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै १०, बिहीबार  
पत्नीको जन्मदिनमा छमछमी नाचे अध्यक्ष ओली (भिडियोसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको जन्म दिनमा छमछमी नाचेका छन् । ‘मत भाग्यमानी, कति भाग्यमानी’ गीतमा अध्यक्ष ओली नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

शाक्यको जन्मदिन ओली निवास बालकोटमा पार्टीका केही नेता कार्यकर्ता र मानव सेवा आश्रमका मानिसहरुसँग मनाइएको थियो । शाक्यको जन्मदिनमा व्यवसायी दुर्गा प्रसाइ समेत देखिएका थिए ।

हिजै (बुधबार) नेकपा एमाले औपचारिक रुपमा विभाजन भएको छ । माधवकुमार नेपालले एमालेबाट अलग भई हिजै नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएका छन् ।
हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार