गर्मीको समयमा यसरी गर्नुस् आँखाको हेरचाह 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै ९, बुधबार  
  गर्मीको समयमा यसरी गर्नुस् आँखाको हेरचाह 

काठमाडौँ । गर्मीको समयमा धुलो धुवाँ लगायत वायु प्रदुषणको कारण आँखा सम्बन्धी विभिन्न समस्याहरु आउने गर्छन् ।

अझ भन्ने हो भने यस्तो समस्या दैनिक बाहिर हिड्ने, धुवाँमा बस्ने गरेका अधिकांश मानिसमा आँखामा समस्या रहेको पाइन्छ । आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्याले मानिसलाई चिन्तित बनाएको हुन्छ ।

त्यसैले आज हामी तपाईहरुलाई गर्मीको समयमा यस्ता किसिमको समस्याबाट कसरी बच्ने भन्ने बारे महत्वपूर्ण जानकारी दिन गइरहेका छौँ र
 
- आँखामा जथाभावी औषधि नराख्ने ।

- कचेरा आएमा आँखालाई हातले नछुने ।

- आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने ।

- आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।

- गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने ।

- आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने ।

- आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने ।

- आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने ।

- आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने ।

- आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने  ।  

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार