ताप्लेजुङ जिल्ला अदालतद्धारा सत्तरी प्रतिशत मुद्दा फछ्र्यौट

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै ५, शनिबार  
ताप्लेजुङ जिल्ला अदालतद्धारा सत्तरी प्रतिशत मुद्दा फछ्र्यौट

ताप्लेजुङ । ताप्लेजुङ  जिल्ला अदालतले आर्थिक बर्ष २०७७÷०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल ४५२ मुद्दामध्ये ३१३ फछ्र्यौट भएको हो  । अघिल्लो आवमा  जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फछ्र्यौट भएको  जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिए । 

चालू आर्थिक बर्षका लागि भने १३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ । गत आवमा छ महिना भित्रका १२०, छदेखि १२ महिना भित्रका १५३, १२देखि १८ महिना भित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कूल ३१३ मुद्दा फछ्र्यौट भएको थियो । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार