उपत्यकामा मात्रै ६१५ संक्रमित थपिए

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ९, शनिबार  
उपत्यकामा मात्रै ६१५ संक्रमित थपिए

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १४ हजार ९१० वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर तीन हजार ११४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै ६१५ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाण्डौमा मात्रै ४२१ जना छन् । यस्तै, ललितपुरमा १०८ र भक्तपुरमा ८६ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १६ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार