पछिल्लो २४ घण्टामा ३,११४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु, दुई हजार १९७ निको

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ९, शनिबार  
पछिल्लो २४ घण्टामा ३,११४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु, दुई हजार १९७ निको

काठमाण्डौ । नेपालमा थप तीन हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १४ हजार ९१० वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार ११४ जनाको नतिजा पोजिटिभ आएको हो ।

१० हजार ६२५ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३०९ र चार हजार २८५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ६९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार