विप्लव र महन्थबीच भेट

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ९, शनिबार  
विप्लव र महन्थबीच भेट

काठमाण्डौ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

शनिबार पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै विप्लव ठाकुरलाई भेट्न पुगेका हुन् ।
विप्लवले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिइरहेका छन् । विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुसित भेटघाट गरिरहेका उनी नेताहरुकै निवास पुग्दै आएका छन् ।

ती भेटवार्ताहरुमा उनले आफ्नो पार्टी र सकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा जोड दिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार