कांग्रेस महाधिवेशन कार्यतालिका अझै प्रभावित

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ९, शनिबार  
कांग्रेस महाधिवेशन कार्यतालिका अझै प्रभावित

काठमाण्डौ । क्रियाशील सदस्यता विवाद नसुल्झे सम्म प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका पुनः प्रभावित भएको छ ।  पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले साउन १२ गते गर्ने भनिएको गाउँरनगर वडा अधिवेशन सार्ने निर्णय गरेको छ।

तल्लो तहका अधिवेशनहरुको कार्यतालिका हेरफेर भए पनि केन्द्रीय महाधिवेशन मिति भने यथावत राखिने भएको हो ।  गत असार ४ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको थियो । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार