भारतमा पछिल्लो २४ घण्टामा ४८३ संक्रमितको मृत्यु 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ९, शनिबार  
भारतमा पछिल्लो २४ घण्टामा ४८३ संक्रमितको मृत्यु 

भारत । भारतमा पछिल्लो २४ घण्टामा ४८३ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३५ हजार ३४२ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म भारतमा ४ लाख १९ हजार ४७० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा ३ करोड १२ लाख ९३ हजार ६२ जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार