नेकपा  एमालेको केन्द्रीय कमिटी बैठक आज पनि  बस्दै

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ७, बिहीबार  
नेकपा  एमालेको केन्द्रीय कमिटी बैठक आज पनि  बस्दै

काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने जनाएको छ । 

आजको बैठकमा एमालेको नेपाल- खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको छ।एमालेका २२ जना सांसदले गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। सोही विषयमा एमालेले स्पष्टीकरण सोधेको थियो।  यसअघि बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार