भेरोसेल खोपको दोस्रो मात्रा लगाइयो

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ६, बुधबार  
भेरोसेल खोपको दोस्रो मात्रा लगाइयो

काठमाण्डौ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाण्डौ उपत्यकाभित्र तीनै जिल्लामा कार्यारत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको बताए । यसअघि गत असार ६ गते २२६ पत्रकारले सो खोपको पहिलो मात्रा लगाएका थिए । बाँकी रहेका पत्रकारलाई पछि खोप दिइनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार