बढ्दो दुर्घटना र लापरवाही :  ज्यान मार्ने मनसाय लिई दुर्घटना गराएमा चालकलाई जन्मकैद होस

नेपालमा प्रति एक लाखमा लभभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना

राजेश पुरी ,
प्रकाशित: २०७८ साउन ६, बुधबार  
बढ्दो दुर्घटना र लापरवाही :  ज्यान मार्ने मनसाय लिई दुर्घटना गराएमा चालकलाई जन्मकैद होस

काठमाडौँ । पछिल्लो समय नेपालमा सवारी दुर्घटनाका घटनाहरु दैनिक बढिरहेको छ । नेपालमा प्रति एक लाखमा लभभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना रहेको तथ्यांकले जनाएको छ ।

यसो हेर्दा सवारी दुर्घटना त सामान्य कुरा नै भइसक्यो तर , अझ रोचक कुरा के छ भने , यदि बाटोमा हिडदा हिडदै गाडीको ठक्करबाट कुनै ब्यक्ति घाइते भएमा ब्याक गरेर चालकले मार्ने गरेको अनौठो घटनाहरु घटिरहेका छन् । केही समय अगाडि मात्र कैलालीमा सडकमा लडेकी  एक महिलालाई फेरि गाडी ब्याक गरेर मारियो ,नख्खु, बागडोलमा स्नातक तह पहिलो वर्षमा पढ्ने सिन्धुपाल्चोककी अञ्जु दाहाललाई पनि ठक्कर खाएर लडेपछि ब्याक गरेर मारियो ,नेपाली कांग्रेसका प्रदेश १ का सचेतक सांसद सूर्यराज राईमाथि गाडी ब्याक गरी किचेर मार्ने खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । जुन घटनाको न अहिलेसम्म कुनै गम्भीर छानविन नै गरेको छ, न दुर्घटना रोकथामका लागि गम्भीर प्रयत्न नै छ । त्यसैले यहाँ सरोकारवालाहरुले लाप्ररवाही गरेको देखिन्छ । 

बढ्दो दुर्घटना र लापरवाही

देशभर हुने दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ । त्यसमा पनि एकदम बढी दुर्घटना हुने कारण यी हुन् 
१ .गाड़ी चलाउदा मोबाइल चलाऊनु।
२. गाड़ी चलाउदा ठुलो स्वरमा म्यूज़िक बजाऊँनु र हो हल्ला गर्नु।
३. मादक पदार्थ सेवन गर्नु।
४. लागु पदार्थ सेवन गर्नु।
५. केटीसंग मसकेर गाड़ी चलाऊनु।
६. खलासी या सिकारूलाई मुख्य सडक मै गाड़ी चलाऊँन दिनु। 
७. गाड़ीको कंडिशन ठीक नराख्नु।
८. बाटोको गुनस्तर्हिन हुनु ९ठेकेदारलाई पनि कारवाही गर्नु पर्छ०
९. बाटोमा लाइट्सको एकदमै कमी। किन सम्बंधित निकाय सुतेकोरु
१०. सांघुरो बाटो बनाऊने बेवकुफहरुको बुद्दी बिग्रेर
११. जताभावी पार्किंङ गर्नु
१२. सडक मिची संरचना बनाऊँनु
१३. टर्निंङमा ओवरटेक गर्नु
१४. प्रतिस्पर्धा गर्नु

के भन्छ यातायात विभाग ?

यातायात व्यवस्था विभागका एक अधिकारीले बताए अनुसार विभागले सार्वजनिक यातायातको सुरक्षाका लागि  धेरै काम गरेको दाबी गर्छन् । सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने, लामो रुटका बीचमा चालक फेर्ने लगायतका व्यवस्थामा कडाई गर्दागर्दै पनि दुर्घटना कम नहुनु दुखद् भएको उनको भनाइ छ ।

‘चालकको सामाजिक उत्तरदायित्व, यात्रुप्रतिको जिम्मेवारी बोध र सामान्य मर्मतको ज्ञानसहितको कोर्स चालकलाई अनिवार्य गर्न आवश्यक देखिएकाले सबै तहबाट यसको नियमन गर्ने बताए । 

के छ त कानुनी प्रावधान ?

यदि  कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ ।

दोस्रोमा कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।

तेस्रोमा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

चौथोमा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा ९१० वा ९२० बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँ समेत जरिवाना हुनेछ । तर जन्मकैद हुनेमा त्यस्तो थप जरिवाना हुने छैन ।

पाचौमा कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ ।

छैटौमा अङ्गभङ्ग भएमा हुने सजायः ९१० कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउ“मा रहे बसेको मानिसको त्यस्तो दुर्घटनाको कारणबाट अङ्गभङ्ग भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैया“सम्म जरिबाना हुनेछ । सो खत निको भई काम लाग्ने भएमा त्यस्तो सवारी चलाउने व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिबाना हुनेछ ।

त्यस्तै , चालक अनुमतिपत्र नभएको व्यक्तिले सवारी चलाई उपदफा ९१० मा उल्लिखित कुनै कसुर गरेमा निजलाई सो उपदफा बमोजिम हुने सजायमा पाँचहजार रुपैयाँ थप जरिवाना हुनेछ ।

त्यसैगरी  कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानसिलाई किची, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको अङ्गभङ्ग भएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।

कसरी रोकथाम गर्ने त ? 
सवारी चालक निकै संवेदनशील पेशा हो । सवारीमा रहेका यात्रुको जीवन उनीहरुले समात्ने स्टेरिङ र ब्रेकमा अडेको हुन्छ । त्यसैले यो पेशामा थोरै पनि लापरवाही गर्न छुट छैन । सवारीमा कति यात्रु राख्ने, कुन गतिमा चलाउने, कहाँ बिश्राम गर्ने लगायतका निर्णय चालकले गनुैपर्छ । चालकको एउटा सामान्य गल्तीको सजाय अरु धेरै यात्रुले भोग्नुपर्ने हुन्छ ।

तर, नेपालमा सवारी चालकहरु गैरजिम्मेवार बन्दा धेरै दुर्घटना निम्तिने गरेका छन् । तर उनीहरुलाई मात्र दोष दिएर अरु उम्कन मिल्ने अवस्था भने छैन ।

चालकलाई जिम्मेवार बनाउने, सडक पूर्वाधारमा सुधार गर्ने, सवारी साधनको उच्च प्राविधिक अवस्थाको वैज्ञानिक जाँच गर्ने, चालक, यात्रु र नियामक कानुनको परिपालना गराउने लगायतका विषयमा जोड नदिएसम्म सडकमा जोखिम नघट्ने बताउँछन् विज्ञहरु ।

झन अचेल त टिकटकको जमाना छ , केही ट्रिपर र  टाटा मोबाइल  जस्ता तरकारी र साग सब्ज़ी बोक्ने गाडीहरु टिकटक बनाइ भाइरल हुने सोचमा एक दम लापर्वाहीका साथ सवारी चलाएको भिडियो बनाउने गरेका हामीले देखेका छौ । त्यस्ता क्षणिक रमाइलाका  लागी लापरवाही गर्ने अपराधी चालकलाई सुचना निकालेर नै एकदमै कड़ा कारवाही गर्नुपर्ने देखिएको छ । यस्ता घटनाहरुको देखासिकी गरेर धेरै ज्यान जान सक्छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार