कक्षा १२ को परीक्षा यहि साउन ३१ देखि सुरु हुने

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ५, मङ्गलबार  
कक्षा १२ को परीक्षा यहि साउन ३१ देखि सुरु हुने

काठमाण्डौ । कक्षा १२ को परीक्षा यहि साउन ३१ देखि सुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताएका छन् । 

उनले परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने बताए ।  परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा आजै राखिने प्रवक्ता अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार