आज सेयर बजारको परिसूचक ९ अंकले  घट्यो  

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ५, मङ्गलबार  
आज सेयर बजारको परिसूचक ९ अंकले  घट्यो  

काठमाडौँ ।आज सेयर बजारको  नेप्से परिसूचक घटेको छ ।  नेप्से सूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा अडिएको छ । 

मंगलबार ७ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । ३८ करोड ७८ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण काबेली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र नेपाल इन्सुरेन्स परेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको भाउ १०५ ले वृद्धि भएको छ । 

समूहगत रुपमा हेर्दा ब्यापार १२६, होटल तथा पर्यटन ६०, जलविद्युत ३५ र उत्पादन समूह १४ अंकले बढेका छन्। बैंकिङ ०.७४, विकास बैंक ३८, फाइनान्स ३२, निार्जीवन बीमा १८८, अन्य २६, माइक्रोफाइनान्स २७ रहेकाे छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार