तीन महिनामा बितिसक्दासमेत कर्जा प्रवाह भएन

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ५, मङ्गलबार  
तीन महिनामा बितिसक्दासमेत कर्जा प्रवाह  भएन

सोलुखुम्बु । धितो रोक्का गरेको तीन महिना वितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राखेका  थिए । उनले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गरे।

उनले भगवतीपुर–६ सिरहा निवासी सीतादेवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी रु १८ लाख ३० हजार ६०० कर्जाका लागि माग गरेको बताए ।अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको बैँकका शाखा प्रबन्धक घनश्याम श्रेष्ठले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार