सुनको मुल्य पुन: उकालो लाग्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ५, मङ्गलबार  
सुनको मुल्य पुन: उकालो लाग्यो

काठमाण्डौ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४०० रुपैयाँले मूल्य बढेर  मंगलबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो ।

आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । त्यस्तै लगातार गिरावटमा रहेको चाँदीको मूल्य भने मंगलबार समेत प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार